भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

३० बैशाख, जनकपुरधाम ।
जनकपुरको परशुराम तलावमा केही दिन पहिला मात्र निर्माण गरिएको परशुराम भगवानको मूर्ति ढलेको छ । मंगलवारको भूकम्पमा ढलेको सो मूर्ति हेर्न स्थानीयवासीको भीड लागेको छ । ५५ फिट ठूलो सो मूर्तिलाई एक महिना पहिला प्राण प्रतिष्ठा दिईएको थियो ।

त्रेता युगमा सीता स्वम्बरको बेला परशुराम भगवान सोही तलावको किनारामा तपस्या गरिरहेका थिए । परशुरामको डिह भनेर चिनिने सो स्थल पर्यटकको आकर्षणका केन्द्र मानिन्छ । स्थानीयवासीको सहयोगमा ३१ लाखमा मूर्ति बनाइएको थियो । मूर्ति निर्माण पछि निकै संख्यामा मानिसहरु परशुराम तलाव पुग्ने गर्थे ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top