भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

बलिउडकी चर्चित नायिका प्रियंका चोपडा हालै एक अमेरिकी टेलिभिजन सिरियल ‘क्वान्टिको’ मा मुख्य भूमिकामा देखिएकी छन् ।उक्त सिरियलमा प्रियंकाले एक युवा एफबीआई एजेन्ट एलेक्स पेरिसको भूमिका निभाएकी छन् । जेक म्याकलोगलीन, डोग्रे स्कट र औनजानु एलिसले यसमा भूमिका निर्वाह गरेका छन् । ‘गसिप गर्ल’ मा काम गर्ने जोश साफरानले यसको पटकथा लेखेकी हुन् भने मार्क मुंडेनले यसको निर्देशन गरेका छन् । ‘क्वान्टिको’ को कथा एफबीआईका युवा सदस्यको समूहको हो, जा भर्जिनियास्थित क्वान्टिकोमा प्रशिक्षणको दौरान आफ्नो स्थान बनाउँन संघर्ष गरेका थिए । प्रियंकाले हालै आफ्नो ट्विटरमा यसको ट्रेलर सार्वजनिक गरेकी छन् । यस ट्रेलरमा प्रियंका एफबीआईको एजेन्टको रुपमा छिन् जसले सेप्टेम्बर ११ को हमलाका संदिग्ध आतंकाकारीको रुपमा गिरफ्तार गरिएको थियो ।उक्त ट्रेलरको एक दृष्यमा उनी नायकको साथमा कारमै यौनजन्य क्रियाकलाप गरिरेहेको देखिएकी छन् ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top