भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |
काठमाडौं, वैशाख ३१ - मंगलबार भूकम्पको ठूलो पराकम्पन गएपछि काठमाण्डू छोडेर जानेको संख्या फेरि बढेको छ । ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि काठमाण्डूबाट हिजो मात्रै झण्डै ५० हजार यात्रु बाहिरिएका राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार धेरै यात्रुले आफ्ना बन्दोबस्तीका सामान समेत बोकेर गएकाले गाडीमा घुइँचो छ । भूकम्पको त्रास कम भएसँगै यात्रु बाहिरने क्रम कम भएको थियो । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ४० गाडीमा ४९ हजार ८ सय यात्रु भित्रिएका छन् भने ६ हजार ६ सय ६ वटा गाडीमा ४९ हजार १ सय ६१ यात्रु बाहिरिएका छन् ।

Post a Comment