भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

३ जेठ, काठमाडौं । भूकम्पका कारण तेस्रो पटक ढलेको धरहरालाई आधुनिक निर्माण सामग्री प्रयोग गरी पुनः निर्माण गरिने भएको छ । अन्य धार्मिक तथा एतिहासिक सम्पदा परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण हुनेछन् । पुरातत्त्व विभागले पुरानै स्वरुपमा धरहरालाई जीवन दिने भएको छ तर नयाँ निर्माण हुने धरहरा भूकम्प प्रतिरोधात्मक हुनेछ । विभागका महानिर्देशक भेषनारायण दाहालले भने, -‘धरहरा पक्कै बन्छ । हालकै ठाउँमा बन्छ तर १९९० सालको जत्रो भूकम्प आए पनि त्यसलाई कुनै असर नपर्ने खालको निक्कलै बलियो बनाउनेछौं ।’ विभागले नेपाल वास्तुविद् समाजको सहयोगमा भूकम्पका कारण भत्किएका सम्पूर्ण सम्पदाको डिजाइनलगायतका कार्यलाई अगाडि बढाइएको गोरखापत्रमा खबर छ । नयाँ निर्माण गरिने भनिएको धरहराको बाहिरी रुप पुरानै हुनेछ भन्दै विभागका महानिर्देशक दाहालले धरहराको भित्र नयाँ तथा अत्याधुनिक प्रविधि प्रयोग गर्ने बताए ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top