भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

नयाँ दिल्ली– मुम्बईको जीतसँगै यस वर्षको आइपिएल सिजन सकिएको छ। आइपिएलको दुई महिने यात्रामा कति खेलाडी चर्चित भए। कतिपय स्टार खेलाडी भने जम्न सकेनन्। कुन कुन खेलाडी जम्न सकेनन्? तिनीहरुबारे चर्चा गरौं।

युवराज सिंह
नयाँ सिजन, पुरानै खेल, त्यो पनि फिक्का । भारतलाई विश्वकप जिताउन महत्वपुर्ण योगदान दिएका खेलाडी लगातार दोस्रो पटक आइपिलमा असफल भए । उनी यतिधेरै असफल भए की उनले आफ्नो उचित मूल्यसमेत लिन सकेनन् । २०१४ मा युवराज सिंहलाई रोयल च्यालेन्जर्स बेंगलुरुले १४ करोडमा किनेका थिए ।तर यो वर्ष दिल्लीले उनलाई १६ करोडमा किनेको थियो । यति धेरैमा बिकेका युवराज सिंह खेलमा भने चल्न सकेनन् । उनले धेरै क्याच छोडेनन मात्र फिल्डिङ र बलिङ पनि खराव गरे । उनले जम्मा २ सय ४८ रनमात्र बनाउन सके ।

-

डेल स्टेन
दक्षिण अफ्रिका तीव्र गतिका बलर डेल स्टेन विश्वकपको खराव प्रदर्शन पछि आइपिएलमा राम्रो खेल्ने धेरैले अपेक्षा गरेका थिए । तर उनले समर्थकको अपेक्षा अनुसार राम्रो खेल्न सकेनन् । स्टेन सनराइजर्स हैदरबादका खेलाडीसँग स्टेज खरो उत्रिन सकेनन् । यो सिजनमा स्टेनले मात्र तीन विकेट लिन सके । -


वीरेन्द्र सहवाग
यो सिजनमा पनि सहवाग आफ्नो लगागार खराव प्रदर्शनबाट उनी माथि उठ्न सकेनन् । यही कारणले गर्दा किंग्स इलेवन पंजावको खेलमा पनि सुधार आउन सकेन । २०१४ मा फाइनलसम्मको यात्रा गरेको यो टिमले यो पटक निकै निराशाजनक प्रदर्शन गर्यो । २०१४ मा सेन्चुरी बनाएका सहवागले यो सिजमा जम्मा ९९ सय रनमात्र बनाउन सके ।



रोबिन उथप्पा

२०१४ मा लगागत आठ खेलमा ४० भन्दा बढी रन बनाउने उथप्पाले ६६० रन बनाएका थिए । तर यो सिजनमा उथप्पाले १३ खेलमा जम्मा ३६४ रनमात्र बनाउन सके । -


ग्लेन म्याक्सवेल

२०१४ मा आफ्नो शानदार खेलद्वारा दर्शकको मन जितेका मेक्सवेलले यो सिजनमा आफ्ना प्रषंशकलाई निराशामा पारे । ११ खेलमा १३.१८ को औषतबाट जम्मा १४५ रनमात्र बनाउन सके । -

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top