भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

मुम्बई । भारतमै चर्चित ‘हिट एन्ड रन केस’मा मुम्बइको
उच्च न्यायलयबाट जमानत पाएपछि बलिउडका
स्टार सलमान खानले विवाह गर्ने चर्चा सुरु भएको
छ ।
फिल्मी बजारमा यस्तो चर्चा सुरु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले
चलचित्र ‘बजरंगी भाइजान’को छायांकनमा
काश्मिरमा रहेका सलमानले यही वर्षभित्र
विवाह गर्ने मनस्थिति बनाएका छन् ।
यो बर्ष सबै कुरा राम्रै भएमा सलमान खानले बिहे
गर्ने लगभग पक्का छ । ‘हिट एन्ड रन केस’बाट उनले
सफाही पाए या केश धेरै समय लम्बियो भने
सलमानको २०१५को अन्तिम सम्म बिहे हुने
सम्भावना बढेको हो ।
तर सलमानले को सँग विहे गर्छन् भन्ने चर्चा पनि
चलिरहेको छ । अहिले सलमान लूलिया वांतुर नाम
कि रोमानियाको टेलिभिजन पत्रकार तथा
कलाकारको प्रेममा रहेको बताइएको छ । चलचित्र
‘बडीगार्ड’ को सुटिंगको बेला चिनजान भएको
सलमान र लूलिया वांतुर बिस्तारै माया प्रेम
बसेको थियो ।
सलमानसँगको पहिलो भेटमै लूलिया प्रेममा परेकी
हुन् । करिब २ बर्ष अघि देखि यी जोडी निरन्तर
सम्पर्कमा रहेका छन् । केहि समय अघि भारत आएको
लूलिया वांतुर डेढ़ महिना सम्म सलमान र
सलमानको परिवार सग बसेकी थिन ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको
विवाह लुलियासँगै हुने बताइएको छ । त्यसका
लागि परिवारका सदस्हरुले अहिले देखि तयारी
थालेका छन् । यसबारेमा सलमानले कुनै
प्रतिक्रिया दिएका छैनन् । एजेन्सी

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top