भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

चर्चित पूर्वपोर्नस्टार सन्नी लियोनलाई भारतबाट देश निकाला गर्नु पर्ने र उनलाई भारत प्रवेशमा रोक लगाउनु पर्ने माग उठेको छ । हिन्दु जनजागृति समिति (एचजेएस) ले सन्नीलाई देश निकाला गर्न र भविष्यमा प्रवेशमा रोक लगाउन माग गरेको हो ।


समितिले आफ्नो वेबसाइटमा सन्नी लियोनमाथि अश्लिलता फैलाएको र महिलाको गरिमा अममानित गराएको आरोप लगाएको छ । एचजेएसका प्रवक्ता उदय धुरीले सन्नी विरुद्ध ठाणे डोंबीवलीस्थित रामनगर पुलिस थानामा उजुरी समेत दर्ता गरेका छन् ।

सन्नी लियोन जस्ती बदनाम महिला गुगलको सर्चमा प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा माथि हुनु खतरनाक भएको उनको तर्क छ ।

सन्नी लियोनमाथि वेबसाइटको माध्यमबाट  नग्नता र भडकाउ चित्रले अश्लिलता फैलाएको आरोप लगाइएको छ । यसले भारतीय युवालाई विगारेको र महिलाको अपमान गरेको समेत यो संस्थाको जिकिर छ ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top