भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं, जेष्ठ ३ । शक्तिशाली भूकम्प पछि नेपालको दर्दनाक परिस्थितिलाई लिएर विभिन्न सर्जकले म्युजिक भिडियो निर्माण गरिरहेका बेला अष्ट्रेलियामा बस्दै आएकी आकृति आचार्यले पनि भूकम्पले पुर्याएको क्षतिलाई लिएर एउटा म्यूजिक भिडियो तयार पारेकी छन् । शिखर सन्तोषको संगीत रहेको ‘किन यति निर्दयी’ बोलको गीतमा आकृति स्वयम्ले स्वर दिएकी छन् । गीतमा शब्द डा भोला रिजाल, राजेन्द्र थापा र मनोज लामिछानेको शब्द छ । थ्री क्याप्स टिमको निर्देशन रहेको उक्त भिडियोलाई ग्यानन श्रेष्ठ र सुरेश श्रेष्ठले खिचेका हुन् । भिडियोमा भूकम्प आउँदाको डरलाग्दा स्थिति, भत्किएका विभिन्न संरचना, कलाकर्मी , पत्रकार अनी समाजसेवी फिचरिङ छन् । भिडियोका सम्पादक टेकेन्द्र शाह हुन् । भने गीतलाइ एरेन्ज सत्याम नेपालले गरेका हुन् ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top