भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |
तर पुरुषहरुले भनेजत्तिकै महिलालाई बुझ्न गाह्रो पनि छैन । तर सबै पुरुषले महिलालाई बुझ्न सक्दैनन् । त्यसकारण महिलालाई बुझ्नका लागि यहाँ पुरुष साथीहरुका लागि सजिलो तरिका दिइएको छ । जसलाई महिलाहरुले भन्दैनन् तर पुरुषले जान्न आवश्यक छ ।
१. पुरुषले सुरुवाती पहल गरुन् भन्ने महिलाको इच्छाःयो निकै महत्वपूर्ण कुरा हो । महिलाहरु कुनै पनि कुराको प्लान बनाउने, सबै चाँजो पाँचो मिलाउन आफू एक्लैले गर्न मन पराउँदैनन् । महिलाहरु यसको लागि पुरुषहरुले पनि पहल गरेको हेर्न रुचाउँछन् । यस्ता कुराहरु महिलाले कहिले नभन्ने भएपनि केहि अप्ठेरो काम पूरा गर्नका लागि र महिलाहरुलाई अचम्मित बनाउनका लागि पुरुषहरुले त्यसको पहल गर्नै पर्ने हुन्छ ।
यदि कोही पुरुषहरुले केहि कुराको पहल गरिरहेका छन् भने महिलाहरुले ती पुरुषलाई निकै केयरिङ र आफ्नो कुरामा ध्यान दिएको भन्ने बुझ्दछन् । त्यसकारण पुरुष मित्रहरु महिलाले गर्ने केहि कुरामा पहल गर्नुहोस् – केहि कुरा किन्नु छ अथवा खाना बनाउनु छ अथवा कतै घुम्न जानु छ भने उनलाई सहयोग गर्नुहोस् ।
२. पुरुषहरुले धेरैजसो सरप्राइज दिउन् भन्ने चाहनाःसबै महिलाहरुलाई पुरुषहरुले दिने सरप्राइज निकै मनपर्छ त्यसकारण महिलाहरु पुरुषले धेरैजसो सरप्राइज दिउन् भन्ने चाहन्छन् । त्यसको लागि तपाईंले निकै महँगो र ठूला–ठूला कुराहरुले उनलाई अचम्मित बनाउनु पर्छ भन्ने छैन । सानो चक्लेटले पनि तपाईंले उनलाई खुसी बनाउन सक्नुहुन्छ ।
चोखो मायाले गर्नुभएको तपाईंका साना–साना व्यवहारले पनि उनलाई सरप्राइज गराउन सक्छ । उनलाई सरप्राइज दिन केहि गाह्रो छैन । मात्र उनलाई आफ्नो माया र केयरले सुम्सुम्याउनुहोस् तर भिन्न तरिकाले । तपाईंको यस्तो व्यवहारले उनी पक्कै पनि पग्लनेछिन् ।
३. अरु महिलाले आकर्षित गर्ने हो कि भन्ने डरःआफ्नो पुरुषसँगै काम गर्ने वा महिला साथीहरुले उनलाई आकर्षित गर्ने हो कि भन्ने पीर धेरै महिलामा हुने गर्दछ । आफूसँग नभएको कुरा चाहने भएका कारण नै यस्तो डर महिलाहरुमा बढि हुने गर्दछ । त्यसकारण महिलाहरु आफ्नो प्रेमीले अरु कोही महिलालाई हेर्ने हो कि भन्ने डर सधैँ उनीहरुको मनमा हुने गर्दछ जसलाई उनीहरु कहिले पनि बताउन चाँहदैनन् ।
४. पुरुषहरु इमान्दार होस् भन्ने चाहनाःसबै मानिसहरुले आफ्नो पार्टनर जस्तो सुकै अवस्थामा पनि आफूप्रति इमान्दार होस् भन्ने चाहन्छन् । कसैले पनि आफूलाई मूर्ख बनाएको हेर्न चाँहदैनन् । त्यसकारण महिला पनि यसबाट अछुतो छैनन् । महिलाहरुले थुप्रै कुरामा माफी दिन सक्छन् तर झुटो कुरामा सक्दैनन् । पुरुषहरुको जस्तोसुकै गल्तीलाई पनि महिलाले सुन्ने गर्दछिन् र उक्त कुरालाई सुल्झाउन सधैँ तत्पर रहने गर्दछिन् ।
५. शरिरको हाउभाउ बुझ्ने र याद गर्नेःमहिलाहरुलाई छैठौँ इन्द्रिय भएको प्राणीको रुपमा चिनिन्छ विशेषगरि आफ्नो सम्बन्धको बारेमा । महिलाहरु अरुको सानो–सानो व्यवहारलाई याद गर्ने र त्यसलाई विश्लेषण गर्ने गर्दछन् जसमा पार्टनरको शरिरको हाउभाउ पनि समावेश भएको हुन्छ । त्यसकारण महिलाहरुले आफ्नो प्रेमीको कलेजका साथीहरुप्रतिको सहानुभुती बुझ्ने गर्दछन् जसलाई उनले कहिले भेटेकी पनि छैनन् ।
जब प्रेमीले केहि शंकालु व्यवहार गर्न थाल्दछन्, उनीहरुलाई त्यो कुराले निकै तनावमा पारेको हुन्छ । यदि महिलाले केहि शंका गर्न थाल्छिन् र उनका प्रेमी उनीसँग नभई अफिसमा समय बिताउने गर्दछ भने, उनलाई यस्तो कुराले झन् रुष्ट बनाएको हुन्छ ।
६. साथीहरुसँगको समय महत्वपूर्ण भएको थाहाःयो एउटा अर्को गोप्य कुरा हो जसलाई थुप्रै पुरुषहरुलाई थाहा हुँदैन । धेरैजसो महिलाहरु आफ्नो पुरुषले साथीहरुसँग पनि समय बिताओस् भन्ने चाहन्छन् । आफ्नो श्रीमान अथवा प्रेमीलाई केहि स्पेस चाहिने कुरा धेरैजसो महिलालाई थाहा हुन्छ ।
साथीहरुसँग भएको समयमा फुटबल म्याच, बियर पिउनु र थुप्रै प्रकारको खेलहरु खेल्न सबै पुरुषहले चाहन्छन् भन्ने कुरा महिलालाई थाहा छ । समस्या के मा छ भने पुरुषले यस्ता कुराहरुमा ध्यान दिँदा आफूलाई केहि वास्ता नगरेको हो कि भन्ने भान थुप्रै महिलालाई पर्न जान्छ ।
७. उनका साथीहरुले आफूलाई मन पराओस् भन्ने चाहनाःकुनै पनि महिलाले यस्ता कुराहरु भन्ने गर्दिनन् । प्रेमीको जीवनमा साथीको महत्व निकै हुने थाहा पाएका महिलाहरुलाई प्रेमीको साथीले मन पराओस् भन्ने भित्री चाहना हुन्छ । महिलाहरुले आफ्नो पार्टरनलाई कति माया गर्छन् र उनका साथी धेरै राम्रो व्यक्ति हुन् भन्ने आफ्नो प्रेमीका साथीलाई आफ्नो मायालु व्यवहारबाट देखाउन चाहन्छिन् ।
८. महिलालाई स्पेस चाहिएको कुराःयदि कोही महिलाले उनलाई स्पेस चाहिएको बताउँछिन् भने उनले तपाईंलाई हेर्न नचाहेको भन्ने नबुझ्नुहोस् । उनले तपाईंहरु बिच समझदारी मात्र चाहन्छिन् । तपाईंकी प्रेमिका र श्रीमतीले तपाईंले उनको जीवनमा हरु केहि महत्वपूर्ण कुराहरुको पनि भएको बताउन चाहन्छिन् र यी कुराहरुलाई तपाईंले सकारात्मक दुष्टिकोणले हेर्नुहोस् भन्ने पनि चाहन्छिन् ।
९. साँचो कुरा गरोस् भन्ने चाहनाःसबै महिलाले आफ्नो पार्टनरले साँचो कुरा बोलोस् भन्ने चाहन्छिन् । त्यसकारण तपाईंकी महिला कुनै लुगामा मोटी देखिएकी छिन् भने उनलाई ‘निकै राम्री देखिएकी छौ’ नभन्नुहोस् । उनी मोटी देखिएकी छिन् र पनि राम्री देखिएकी छिन् भन्न नडराउनुहोस् । आफ्नी महिलालाई उनी जे छिन् त्यसलाई नै आफूले माया गरेको भन्ने देखाउनुहोस् । उनलाई तपाईंले सँगै व्यायाम गरौँ भन्न सक्नुहुन्छ । तपाईंको यो इमान्दारीतालाई उनले पक्कै पनि मनपराउनेछिन् ।
भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |

Post a Comment