भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

भुमीराज पराजुली / उज्यालो । मलेसिया वैशाख ३० – मलेसियाका गृह मन्त्री डा.हावीवान जुनाइ दित्वाङ्क जाफरले नेपाली कामदार अन्य देशका तुलनामा विश्वासिलो र मिहेनति रहेको बताउनुभएको छ । नेपालीको विस्वास र लगावकै कारण अहिलेसम्म पनि मलेसियामा सुरक्षा गार्डका लागि विदेशी कामदार मध्ये नेपालीलाई मात्र अनुमति दिएको जाफारले बताउनुभयो ।
मलेसियास्थित नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्न्यातसँगको भेटमा उपगृहमन्त्री जाफरले नेपाली कामदारको प्रशंसा गर्नुभएको हो । ५ महिनाअघि नेपाली दुतावासले मलेसिया सरकारलाई बुझाएको ८ बुँदे पत्रको विषयलाई लिएर भएको भेटघाटमा राजदुत बस्न्यातले मलेसियामा नेपालीले भोगरिहेका समस्याका बारेमा उपगृह मन्त्री जाफरलाई जानकारी गराउनु भएको थियो ।
जवाफमा उपमन्त्री जाफरले नेपाली  दुतावासले पेस गरेको सबै कुरा गम्भीर खालको रहेको र यस बिषयमा छानविनसमेत भइरहेकाले चाँडै समस्याको समाधान हुने विश्वास दिलाउनुभएको थियो । साथै उपमन्त्री जाफरले नेपालमा गएको महाभूकम्पले भएको जनधनको क्षतिप्रतिसमेत दुख ब्यक्त गर्नुभयो ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top