भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.स. १९२१ मा निर्माण गर्न लगाएको विश्वरुपा मन्दिर कुरुवाको अहिले प्रतिमहिना एक हजार रुपैयाँ पारिश्रमिक रहेको छ । आज भन्दा ४६ वर्षअघि तीन रुपैयाँमा मन्दिर कुर्ने कुरुवाका रुपमा काम गर्न सुरु गरेकी विष्णुकुमारी थापाको अहिले प्रति महिना एक हजार प्रारिश्रमिक रहेको उनले मिडिया एनपीलाई जानकारी दिइन् । मुलुकमा हालै गएको शक्तिशाली भूकम्पका कारण उनलाई पनि ठूलै डर थियो । केही दिनयता भूकम्पको कम धक्काको महसुस गरिएपछि ढुक्क भएर बसेकी उनको बैशाख २९ गते गएको भूकम्पले झन्डै ज्यान लिएको थापाले बताइन ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top