भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
काठमाडौं,जेठ १ – शुक्रबार बिहान साढे ७ बजे ५ दशमलव ५ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ । धादिङ केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको पराकम्पन गएको हो भूकम्प मापन केन्द्र नेपालका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयाे ।
मंगलबारपछि आजको धक्का ठूलो भएकाले धेरै जना खुला ठाउँमा निस्किएका छन् । यसअघि शुक्रबार बिहान ४ बजे भन्दा अघिपनि ४ रेक्टर स्केलभन्दा माथिका २ वटा पराकम्पन गएका छन् । दोलखा लाई केन्द्रविन्दु बनाएर विहान ३ बजेर २० मिनेट जाँदा ४ दशमलब १ र ३ बजेर ५० मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको पराकम्पन गएको हो । यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर स्केलभन्दामाथिका २२२ वटा भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।
भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
Post a Comment