भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |
मुम्बईले रोमाञ्चक खेलमा ५ रनको जीत हात पार्यो । घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउदै १ सय ७१ रनको योगफल तयार पारेको थियो । मुम्बईका लागि हार्दिक पाण्डेले ३१ बलमा ६१ रनको उत्कृष्ट पारी खेले । त्यस्तै किरन पोलार्डले ३३ र कप्तान रोहित शर्माले ३० रन बनाए । जवाफमा १ सय ७२ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।
कोलकताका लागि युसुफ पठानले ५२, कप्तान गौतम गम्भीरले ३८, रोविन उथप्पाले २४ र सकिब अल हसनले २३ रन बनाएपनि जितका लागि पर्याप्त भएर ।
खेलको म्यान अफ द म्याच मुम्बईका हार्दिक पाण्डे घोषित भए । जित सँगै १३ खेलमा १४ अंक जोडेको राजस्थान चौथो स्थानमा उक्लिएको छ । हारका बाबजुत १३ खेलमा १५ अंक जोडेको कोलकता दोश्रो स्थानमा यथावत रहेको छ ।
भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |

Post a Comment