भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |
काठमाडौं, जेष्ठ ९ । भूकम्पपीडित महिलाहरुको सुरक्षाका लागि सरकारको समन्वयमा युएनएफपीएले विशेष कार्यक्रम सन्चालन गर्ने भएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युएनएफपीएले ‘डिग्निटी फस्ट’ नाम दिएर अभियान सन्चालन गर्न लागेको जानकारी दिएको हो ।
कार्यक्रममा युएनएफपीएकी सद्भावना दूत अभिनेत्री मनीषा कोइरालाले महिलाहरुको मर्यादामा सबैले ध्यान दिनुपर्ने बताइन् ।
उनले अहिले ‘डिग्निटी किट’को रुपमा विभिन्न १४ ओटा सामाग्रीहरु वितरण गरिएको पनि बताइन् । उनले विपद्को अवस्थामा महिलाहरुको स्वास्थ्य अवस्थालाई सामान्य बनाइराख्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन् ।
भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |

Post a Comment